९ सिनेमा रिलिज हुनै बाँकी छन् : दयाहाङ राई

९ सिनेमा रिलिज हुनै बाँकी छन् : दयाहाङ राई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा ब्यस्त नायकको सुचिको दयाहाङ राईको नाम पनि अग्रपंतीमा आउने गर्छ । तरपनि पछिल्लो समय दयाहाङले अभिनय गरेका सिनेमा एकपछि अर्को असफल भैरहेका छन् । त्यसैले दयाहाङको स्टारडम सकिएको चर्चा सिनेमा बजारमा भैरहेको छ ।

नायक दयाहाङ राइले सिनेमाको व्यापार निरन्तर ओरालो लागेपछि कम सिनेमामा काम गर्ने बताएका थिए । यसैले दयाहाङले अब विशेष सिनेमामा मात्र काम गर्छन् कि भन्ने सोच धेरैको थियो । तर, नायक राइको सिनेमा रिलिज र निर्माणको संख्या हेर्दा जिव्रो टोक्नु पर्ने अवस्था छ । उनका ५ सिनेमा रिलिजको तयारीमा छन् । दयाहाङले भने–‘मैले अब कम सिनेमा खेल्छु भनेपछि नयाँ सिनेमामा साइन गरेको छैन । जती पनि सिनेमा छन्, सबै पहिले नै कुरा भएका प्रोजेक्ट हुन् ।’

नायक दयाहाङल राइले अभिनय गरेका ३ वटा सिनेमाको यो साता कार्यक्रम आयोजना गरिएको । जुन रिलिजको लागि तयारीमा छन् । ‘साइँली, आप्पा, दयारानी, निरफूल, जात्रै जात्रा’ दयाहाङका रिलिज हुने क्रममा रहेका सिनेमा हुन् । यी बाहेक ४ वटा सिनेमा छायांकनमा जान बाँकी नै रहेको दयाहाङले बताएका छन् ।

सन्नमा आए अनुसार, दयाहाङले यी ९ वटा प्रोजेक्ट सकेपछि आफै सिनेमा निर्देशन गर्ने तयारी थालेका छन् । उनले आफूले सिनेमा निर्देशन गर्ने सोच धेरै पहिलेदेखि नै बनाएको भन्दै कहिले गर्छु भनेर आफूलाई नै थाहा नभएको बताए ।