कंगनाको एक्सन अवतारमा मर्णिकर्णीका ट्रेलर रिलिज (भिडियो)

कंगनाको एक्सन अवतारमा मर्णिकर्णीका ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कंगना रनौट अभिनित ‘मणिकर्णिका’को पहिलो ट्रेलर रिलिज भएको छ। झण्डै साढे तीन मिनेट लामो ट्रेलरमा कंगनालाई एक युवतीबाट लडाकु योद्धा बनेको देखाइएको छ। सन् २०१७ पनि कंगनाको यो पहिलो रिलिज हो। ‘मणिकर्णिका’मा कंगना झाँसीकी रानी लक्ष्मी बाइको भूमिकामा रहेकी छिन्।

सिनेमा उनै लक्ष्मी बाइको बायोपिक सिनेमा हो। सिनेमाले सन् १८५७ मा उनले ब्रिटिस राजविरूद्ध गरेको भारत स्वतन्त्रताको पहिलो स्वराज लडाईको विषयमा आफ्नो कथा पस्केको छ। सो घटनामा उनले अंग्रेज विरूद्ध लड्दालड्दै आफ्नो जीवन गुमाएकी थिइन् सिनेमा अक्टुबर दुईमा रिलिज हुँदैछ।

सिनेमामा कंगनाका अलावा अंकिता लोखण्डे, अतुल कुकर्णी, ड्यानी डेन्जोङ्पाको ख्य अभिनय रहेको छ। सिनेमा निर्देशक क्रिस र अभिनेता सोनु सुदले बिचमै सिनेमा छाडेका कारण विवादित बनेको थियो। क्रिसले छाडेपछि कंगनाले बाँकी सिनेमाको सुटिङ आफ्नै निर्देशनमा सकेकी थिइन्।