संचिता र किशोर स्टारर ‘आरोप’को ‘ए मन’ गीत रिलिज (भिडियो)

संचिता र किशोर स्टारर ‘आरोप’को ‘ए मन’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिलासा क्रियसन को ब्यानरमा अमर ओलिको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘आरोप’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘ए मन..’ बोलको सार्वजनिक गीतमा र नित्या शिवा र प्रह्लाद तिमिल्सिनाको स्वर रहेको छ । सिनेमाको कथा चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् ।

आरोप आगामी माघ ११ गतेबाट अलनेपाल प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको सिनेमाको हाल धमाधम पोष्टप्रोडक्सनको काम भैरहेको छ । सिनेमामा युवा अवस्थाको उतार चढावलाई विभिन्न कोणबाट प्रस्तुत गरिएको छ । ‘आरोप’मा किशोर खतिवडा ,संचिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

बिजय पाठक र दिनेश राउतको निर्माण ,बिरेन्द्र भट्ट को छायांकन ,कमल राईको कोरियोग्राफी, सानू कुमार महर्जनको द्धन्द्व, एस के अधिकारी र  गणेश चौधरीको संगीत ,नित्या शिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना ,मनिषा पोख्रेलको स्वर, साहिल खानको सम्पादन सिनेमामा रहेको छ ।