‘प्रेमलीला’ गीतमा दिपशिखा र मौसम एकअर्कालाई मिस गर्दै (भिडियो)

‘प्रेमलीला’ गीतमा दिपशिखा र मौसम एकअर्कालाई मिस गर्दै (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघ २५ गते रिलिज हुने सिनेमा ‘प्रेमलीला’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य दुई पात्र दिपशिखा खड्का र मौसम खड्कालाई फिचर्ड गरिएको छ । ‘मिस गरे….’ बोलको गीतमा हरी लम्सालको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द रहेको गीतमा युवराज चौलागाई र मेलिना राईको स्वर छ ।

अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको सिनेमाको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । सिनेमामा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । ‘प्रेमलीला’लाई जनकदीप पाण्डेले निर्देशन गरेका हुन् । सिनेमामा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

दिपशिखा, अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको सिनेमालाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।