दोस्रो सातामा ‘प्रसाद’, यस्तो छ एक हप्ते कलेक्सन !

दोस्रो सातामा ‘प्रसाद’, यस्तो छ एक हप्ते कलेक्सन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘प्रसाद’ आजबाट आफ्नो प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको गरेको छ । पहिलो साता उत्कृष्ट व्यापारको गरेको सिनेमाले आफ्नो दबदबा दोस्रो सातामा पनि कायम राखेको छ । शुक्रबार र शनीबार आक्रामक व्यापार गरेको सिनेमाले त्यसपछिका दिनमा ‘प्रसाद’ले औषत व्यापार गरिरहेको छ । ‘प्रसाद’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । जसले गर्दा पनि सिनेमाले दर्शकबाट राम्रो साथ पाइरहेको छ ।

सिनेमाले पहिलो सातामा २ करोड ७ लाख ५ हजार १ सय ८२ रुपैयाँ ग्रस व्यापार गरेको सिनेमा ‘प्रसाद’ले दोस्रो सातामा पनि मल्टिप्लेक्स सहित देशभरका सिनेमा हलहरुमा आफ्नो पकड कायमै राखेको छ ।

आजबाट दोस्रो सातामा प्रवेश गरेको सिनेमाको मल्टिप्लेक्सहरुमा आक्रामक बुकिङ देखिएको छ । मल्टिप्लेक्सको ठूलो च्यानल क्यूएफएक्सले दोस्रो सातामा पनि उच्च शो दिएको छ । शुक्रबार ११ शो दिएको क्यूएफएक्सले शनिबार १३ शो दिएको छ । यस्तै अन्य मल्टिप्लेक्सले पनि ‘प्रसाद’लाई राम्रो शोहरु दिएका छन् । यता राजधानी र राजधानी बाहिरका झण्डै ४ दर्जन सिंगल थियटरमा समेत ‘प्रसाद’ प्रदर्शनरत छ ।

सिनेमाकर्मी र समिक्षकहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको प्रसादले दर्शकबाट समेत सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । दिनेश रातउत निर्देशित सिनेमामा बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापाको निर्माण रहेको सिनेमालाई शुशिल पौडेलले लेखेका हुन ।