‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ रिलिज (भिडियो)

‘क्याप्टेन’को पहिलो गीत ‘रहर छ सँगै’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – फाल्गुन १७ गते रिलिज हुने सिनेमा ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौमा आयोजीत एक भव्य कार्यक्रमका बिच सिनेमाको गीत सार्वजनिक गरिएको हो । ‘रहर छ सँगै….’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार सुपरस्टार अनमोल केसी र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ ।

सिनेमाको सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत, दिग्गज धौलारीको शब्द तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा ब्यस्त कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् । सिनेमामा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा , निर्देशक दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ ।