किशोर र सानियको ‘डोली’लाई सेन्सर बोर्डको पिजी सर्टिपिकेट

किशोर र सानियको ‘डोली’लाई सेन्सर बोर्डको पिजी सर्टिपिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘डोली’ले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । शुक्रबार अर्थात् २८ मंसिरमा प्रदर्शन हुने सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । पिजी सर्टिफिकेटका कारण डोली हेर्न १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावक साथ लिएर जानुपर्ने छ ।

किरण नेपालीको प्रस्तुति रहेको सिनेमामा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी,प्रिया रिजाल,सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण सिनेमालाई जयराम थापाले छायाँकन गरेका हुन् । तारा थापा किम्भेले सम्पादन गरेको सिनेमा आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । निर्देशक सानेकै लेखन रहेको सिनेमाले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ । डोलीको अधिकांश दृश्य नुवाकोटमा खिचीएको हो ।