हाँस्यरसले भरिपुर्ण ‘चौका दाउ’को ट्रेलर रिलिज (भिडियो)

हाँस्यरसले भरिपुर्ण ‘चौका दाउ’को ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २७ गते रिलिज हुने सिनेमा ‘चौका दाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेकाका मुख्य पात्र सन्तोष पन्त, तैयव शाह, विल्सन बिक्रम राई, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारलाई स्थान दिइएको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । सिनेमालाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले सयुक्त रुपमा निर्माण गरेका हुन् । ‘चौका दाउ’मा निर्मल शर्मा, अजस्र ढुगांना, सोनिका केसी, डाक्टर बिकाशा नन्द लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमामा बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको कथा तथा संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, छायाँकन दीर्घ गुरुङ, सम्पादन मित्र डि गुरुङको रहेको छ ।