साम्रज्ञी र पुष्प स्टारर ‘मारुनी’ निर्माण घोषणा

साम्रज्ञी र पुष्प स्टारर ‘मारुनी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा, टाइम्स, काठमाडौं – पुनम गौतमले निर्माण गर्ने दोस्रो सिनेमा ‘मारुनी’को निर्माण घोषणा गरिएको छ । मंगलबार काठमाडौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले सिनेमामा बन्ने घोषणा गरेको हो । नेपालमै पहिलो पटक निर्माता, निर्देशक, कलाकारहरुलाई र्याम्पमा उतारेर फरक तरिकाले सिनेमाको ‘कास्ट एण्ड क्रियु’ सार्वजनिक गरिएको थियो ।

पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमालाई पारिवारिक सिनेमा निर्माण गर्न अब्वल निर्देशकाका रुपमा चिनिएका नवल नेपालले निर्देशन गर्दैछन् । ‘मारुनी’मा पछिल्लो समयकी हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङको मुख्य भुमिका रहने छ । उनीहरुका अलवा सिनेमामा सुनिशा श्रेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारको पनि अभिनय रहने छ । यस्तै सिनेमामा बालकलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारीको अभिनय रहने छ ।

दुई सुन्दर युवतीको कथा भन्ने सिनेमाको छायाँकन माघको दोस्रो साताबाट काठमाडौं गरिने छ । तथापी सिनेमाको एउटा गीतको छायाँकन बाँके जिल्लामा हुन सक्ने निर्देशक नेपालले बताए । यस्तै सिनेमाको नाम ‘मारुनी’ राखिएता पनि यो टाइटलले नाचसँग कुनैपनि सरोकार नराख्ने निर्देशक नवलको भनाई छ । मगर भाषामा गुन्ह्युचोली लगाएर नाच्ने पुरुषलाई मारुनी भन्ने प्रचलन छ । सिनेमाको निर्माण  घोषणासँगै  फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको थियो ।सिनेमा निर्माणमा पुनमलाई अयज पोखरेल र राजा प्रधानले साथ दिँदैछन् । ‘मारुनी’मा नवल नेपालको कथा, गोबिन्द फुँयाल र नवल नेपालको पटकथा तथा संवाद, अर्जुन पोखरेल र कृष्णराज काफ्लेको संगीत, सञ्जय लामाको छायाँकन सिनेमामा रहने छ ।