जेष्ठ २४ गते रिलिज हुने सिनेमा ‘आप्पा’को पोस्टर रिलिज

जेष्ठ २४ गते रिलिज हुने सिनेमा ‘आप्पा’को पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेष्ठ २४ गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गर्दै ‘आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले सिनेमाको पोस्टर तथा कास्ट एण्ड क्रियु सार्वजनिक गरेको हो । सिनमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य पात्र दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई स्थान दिइएको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो अनमोलको डेब्यु निर्देशकिय सिनेमा हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।