‘जे सुकै होस्’ ट्रेलर रिलिज (भिडियो)

‘जे सुकै होस्’ ट्रेलर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पौष २० गते रिलिज हुने सिनेमा ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको छ । ‘जे सुकै होस्’लाई म्युजिक भिडियोका चर्चित निर्देशक उमेश गुरुङले निर्देशन गरेका हुन् ।

क्वालिटी फिल्मस् प्रा. ली.को ब्यानरमा निर्माण गरिएको सिनेमामा नवराज जंग थापाको लगानी रहेको छ । सिनेमामा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन. बि. अन्जान, इश्वर फुयाँल, कृष्णा भटराई, उद्धव तिमिल्सीना, सुनिल कटुवाल, राजु श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘जे सुकै होस्’मा उमेश गुरुङको कथा, उमेश गुरुङ र एन. बि. अन्जानको पटकथा तथा संवाद, सुरेश अधिकारी, लक्षण शेष, नवराज जंग थापा र डि आर अतुको संगीत, उमेश गुरुको कोरियोग्राफी, बनिष शाह र शालिक दुलालको सम्पादन रहेको छ ।

https://youtu.be/Nt3HsGJeJdI