को-को पुगे ‘प्रसाद’को प्रिमियरमा ? (फोटो फिचर)

को-को पुगे ‘प्रसाद’को प्रिमियरमा ? (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भोलि शुक्रवारबाट अर्थात् मंसिर २१ बाट प्रदर्शनमा आउने सिनेमा ‘प्रसाद’ ले तारिफ बटुलेको छ । बुधवार काठमाडौंको बिग सिनेमामा गरिएको प्रिमियरपछि सेलिब्रेटी तथा पत्रकारले सिनेमाले मन जितेको प्रतिक्रिया दिए ।

प्रिमियरमा सिनेमाको कथाले निकै मन छोएको सेलिब्रेटीले प्रतिक्रिया दिए । निःसन्तान दम्पतीको जीवनमा आएका विविध समस्यालाई उठान गरिएको यो सिनेमालाई सुशील पौडेलले लेखेका हुन् । लामो समयदेखि सिने पत्रकारितामा सक्रिय पौडेलको यो पहिलो सिनेमा लेखन हो । दिनेश राउतले निर्देशन गरेको यो सिनेमाको निर्देशकीय पक्षलाई पनि तारिफ गरिएको छ भने नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारले गरेको अभिनयको पनि उत्तिकै तारिफ गरियो ।