‘विर विक्रम २’को २३ लाखको गीतमा पल र नाजिरसँग वर्षाको रोमान्स

‘विर विक्रम २’को २३ लाखको गीतमा पल र नाजिरसँग वर्षाको रोमान्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘विर विक्रम २’को हाल मनाङ र मुस्ताङका रमणीय स्थानमा धमाधम छायाँकन भैरहेको छ । निर्देशक चाम्स ‘विर विक्रम २’को जम्बो टिम सहित केहीदिन पहिले मुस्ताङ पुगेका थिए । छायाँकन चलिरहेको गीतमा सिनेमाका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेनलाई फिचर्ड गरिएको छ ।

चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको सयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा अपर्ण सापकोटा सह निर्माताको रुपमा रहेका छन् । यो सिनेमाको अहिले मुस्ताङमा गीतको छायाँकन भैरहेको छ । कोरस डान्सरको जम्बो टोली सहित मुस्ताङमा छायाँकन भैरहेको गीत करिब २३ लाख बराबरको बजेटमा तयार हुने निर्देशक मिलन चाम्सले बताए । रञ्जीत गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईको स्वर छ ।

‘विर विक्रम २’मा पुर्ण रुपमा नयाँ कथामा निर्माण भैरहेकाले यो सिनेमा विर विक्रमको सिक्वेल नभएको निर्माण युनिटले जनाएको छ । सिनेमामा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, विनिसा भण्डारीका अलवा, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाल, क्षितिज भण्डारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद रहेको ‘विर विक्रम २’मा रंजित गजमेर, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन सिनेमामा रहेको छ ।