प्रिंयका चोपडाले निर्माण गरेको नेपाली सिनेमा ‘पाहुना’को ट्रेलर रिलिज

प्रिंयका चोपडाले निर्माण गरेको नेपाली सिनेमा ‘पाहुना’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री प्रिंयका चोपडाले निर्माण गरेको नेपाली सिनेमा ‘पाहुना : द लिटिल भिजिटर’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली भाषामा निर्माण गरिएको उक्त सिनेमाको ट्रेलरमा अंग्रेजी सबटाइटल राखिएको छ । प्रिंयका चोपडा र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्समा पाहुना निर्माण गरिएको हो ।

पाखी ए टायरबालाको निर्देशनमा तयार भएको सिनेमा नेपाल लगायतका भारतमा डिसेम्बर ७ तारिख अर्थात मंसिर २१ गतेबाट रिलिज हुने भएको छ । पाहुनाले नेपालमा माओबादी द्धन्द्वबाट बचेर सिक्किम पुगेका तीन बच्चाहरुको कथामा सिनेमा निर्माण गरिएको छ । सिनेमामा इशीका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लुगुन लगायतका कलाकारको अभिनय रहेको छ ।

जर्मनीमा गएको महिना सम्पन्न ‘श्लिंगेल इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिवल’ मा ‘पाहुना’ ले अन्तर्राष्ट्रिय फिचर फिल्म श्रेणीमा बेस्ट सिनेमा (जुरी च्वाइस) र स्पेशल मेन्सन बाई प्रोफेशनल जुरी अवार्ड जितेको थियो ।