इम्तियाजको ‘लव आजकल’को सिक्वेलमा सारा र कार्तिक फाइनल

इम्तियाजको ‘लव आजकल’को सिक्वेलमा सारा र कार्तिक फाइनल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘केदारनाथ’बाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी सारा अली खानले तेस्रो सिनेमा साइन गरेकी छन् । बलिउड मिडिया फिल्म फेयरको रिर्पोट अनुसार साराले बाबु सैफ अली खानको सुपरहिट सिनेमा ‘लव आजकल’को सिक्वेलमा काम गर्ने पक्का भएको हो । फिल्म फेयरको रिर्पोट अनुसार ‘लव आजकल’को सिक्वेलमा सैफ अली खान भने रहने छैन्न । निर्देशक इम्तियाज अलिका अनुसार ‘लव आजकल २’मा सैफको ठाँउमा कार्तिक आर्यनलाई लिएका छन् ।

सारा अली खानले अभिनय गरेका दुई सिनेमा ‘केदारनाथ’ र ‘सिम्बा’ रिलिजको तयारीमा छन् । डिसेम्बर ७ बाट विश्वभर रिलिज हुने सिनेमाको सार्वजनिक गीत संगीत ट्रेलरबाट दर्शकले उत्कष्ट प्रतिक्रिया पाइरहेको छ । जसले गर्दा सारा पहिलो सिनेमाबाटै हिट अभिनेत्रीको दौडमा रहेको बलिउड मिडियाले लेखिरहेका छन् । ‘केदारनाथ’मा साराको जोडी सुशान्त सिंह राजपुतसँग बाधिएको छ । भने ‘सिम्बा’मा रणबीर सिंहसँग उनको जोडी बाधिएको छ । जसलाई बलिउडका चर्चित निर्देशक रोहित सेठ्ठीले निर्देशन गरेका हुन् ।

‘लव आजकल २’को कथा लेखनमा अहिले निर्देशक इम्तियाज अलि निकै ब्यस्त रहेका छन् । निर्देशकलाई साराले ‘केदारनाथ’मा गरेको काम निकै मन परेको छ । जसले गर्दा पनि इम्तियाज कार्तिक आर्यनसँग साराको जोडी बाँध्न चाहान्थे । निर्देशकका अनुसार आफ्नो सिनेमामा सारा र कार्तिकको जोडी प्रफेक्ट हुने विश्वास रहेको छ । साराले बलिउडा हरेक पटक फरक फरक अभिनेतासँग काम गरिरहेकी छन् । ‘केदारनाथ’मा सुशान्त सिंह राजपुत, ‘सिम्बा’मा सणबीर सिंह र ‘लव आजकल २’मा उनले कार्तिक आर्यानसँग काम गर्नु नैयसको ताजा अदारहण हो ।