रजनीकान्त र अक्षय कुमार स्टारर बहुप्रतिक्षीत सिनेमा ‘२.०’ ट्रेलर रिलिज

रजनीकान्त र अक्षय कुमार स्टारर बहुप्रतिक्षीत सिनेमा ‘२.०’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – साउथ सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार अभिनीत बहुप्रतिक्षीत सिनेमा ‘२.०’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिकार सार्वजनिक ट्रेलरमा सिनेमाको कथा मुख्य कलाकार रजनीकान्त, अक्षय कुमार र यमी ज्याक्सको बरिपरि सिनेमाको कथा घुमेको छ ।

बलिउड अभिनेता अक्षय कुमार पहिलो पटक साउथ सिनेमामा डेव्यु गर्दैछन् । भने सिनेमामा रोबर्ट अभिनेत्री एश्वर्य रायको पनि विषेश भुमिका रहेको बलिउड मिडियाले जनाएका छन् । साउथमा ल्याका प्रोडक्सनले निमार्ण गरेको सिनेमालाई हिंन्दीमा भर्सनमा करण जोहरको धर्मा प्रोडक्सनले डब गरेको छ ।

सुवास करणले निर्माता रहेको सिनेमाको कथा लेखन र निर्देशन रोबर्ट निर्देशक एस शंकरले गरेका हुन् । बलिउडमा सर्वाधिक करिब पाँच सय करोडको बजेटमा यो सिनेमा निर्माण गरिएको छ । अत्याधिक भिएफएक्सको प्रयोग गरिएको सिनेमामा ए आए रहमानले संगीत तयार पारेका हुन् । ‘२.०’ नोभेम्बर २७ देखि विश्वभरका सिनेमा घरमा रिलिज हुने छ ।