सुशान्त र सारा स्टारर ‘केदारनाथ’को पोस्टर तथा टिजर रिलिज !

सुशान्त र सारा स्टारर ‘केदारनाथ’को पोस्टर तथा टिजर रिलिज !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड निर्देशक अभिषेक कपुर निर्देशीत सिनेमा ‘केदारनाथ’को टिजर सार्वजनिक गरिएको छ । केदारनाथ दर्शनको लागी गएको दर्शन गर्न गएको एक जोडीले सामना गरेको प्रकृतीक विपत्ती कथा सिनेमाले उठाएको छ । सिनेमाको सार्वजनिक पोस्टर र टिजरमा मुख्य कलाकार सुशान्त सिंह राजपुत र डेव्युगर्ल सारा अली खान हावी छन् ।

छायांकन समय देखि नै विभिन्न विवादमा पर्दै आएको सिनेमाले आफ्नो प्रदर्शन मिती समेत सार्वजनिक गरेको छ । निर्माण टिमका अनुसार अब यो सिनेमा डिसेम्वर ७ तारिखबाट सार्वजनिक प्रदर्शन हुने छ । यो डेटमा पहिले टोटल धमाल रिलिज हुने हल्ला चलेको थियो । उक्त सिनेमाको निर्माण टिमले आफ्नो रिलिजलाई अर्को वर्षलाई सारे लगत्तै ‘केदारनाथ’ टिमले उक्त डेट आफ्नो लागी लक गरेको हो ।

‘केदारनाथ’को रिलिज अल्मलिदा साराको डेव्यु सिनेमा ‘सिम्बा’ हुने चर्चा चलेको थियो । तर ‘केदारनाथ’ले आफ्नो रिलिज डेट घोषणा गरे लगत्तै साराको डेव्यु सिनेमा ‘केदारनाथ’ नै हुने भएको छ । ‘सिम्बा’मा साराले रणबिर सिंहको अपोजिटमा काम गरेकीछन् । २८ डिसेम्बर रिलिज हुने यो साउथ सिनेमाको रिमेक ‘सिम्बा’लाई करण जोहरले निर्माण तथा रोहित सेठ्ठीले निर्देशन गरेका हुन् ।