दीपिका-दीवाकरले गरे इन्गेजमेन्ट, बिहे यसै वर्ष हुने !

दीपिका-दीवाकरले गरे इन्गेजमेन्ट, बिहे यसै वर्ष हुने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – गतवर्ष प्रर्दशनमा आएको सफल सिनेमा ‘ऐश्वर्य’ डेब्यु गर्ल दीपिका प्रसाई र निर्देशक दीवाकर भट्टराईले इन्गेजमेन्ट गरेका छन् । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई लुकाउँदै आएको थिए ।अन्तत उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई स्विकार गर्दै केहि हप्ता पहिले दशैंको अवसर पारेर इन्गेजमेन्ट गरेका हुन्।निर्देशक भट्टराईले विवाह भने मंसिरपछि मात्र हुने बताए । दीपिकालाई दीवाकरले नै सिनेमामा डेव्यु गराएका हुन् । अहिले दीपिका अभिनीत नयाँ सिनेमा ‘छक्का पञ्जा ३’ सफलताका साथ अल नेपाल प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ सिनेमा ‘क्याप्टेन’ शिवरात्रीको छेकोमा रिलिज हुँदैछ, जसमा अनमोल केसी लिड रोलमा छन् । दीपिका र दीवाकर ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएका हुन् ।

दुबैले आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेका हुन् । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, र उहाँ मेरो लागि सँधै दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् । दुबैले एकै समयमा तश्बिर समाजिक सञ्जाल फेसबुकमा शेयर गरेका हुन् ।