द सिनेमा टाइम्स काठमाडौं – सुपरस्टार नायक अनमोल केसीले अभिनय गर्न लागेको आठौ सिनेमा ‘ब्याचलर बन्टी’को अहिले देखि नै चर्चा सुरु भएको छ । सुदीप खड्काले निर्माण गर्ने सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दैछन् । यो सिनेमामा अनमोल फाइनल भए देखि नै विभिन्न चर्चा परिचर्चा भैरहेका छन् । कहिले अनमोलले सिनेमामा लिएको पारिश्रमिक त कहिले ‘ब्याचलर बन्टी’मा अनमोलको भुमिकालाई लिएर दर्शकमाझ कौतुहलता बढ्दै गएको छ । यसैविच सिनेमा निर्माण टिमले अनमोलको अपोजिटमा काम गार्ने मुख्य नायिका फाइनल गरेको छ ।मोडल उकुसा गिरीलाई अनमोलको जोडीको रुपमा प्रस्तुत गर्ने तयारी निर्देशक मिलन चाम्सले गरेपछि उकुसा पनि अहिले चर्चामा छिन् । उकुसाले मिस एसिया नेपाल (बेस्ट पसर्नालिटी), मिस एसिया (मिस ब्युटीफूल आइज), मिस एसिया २०१७ की विजेता समेत रहेकी उकुसाले थुप्रै र्याम्प शो, पेपर एड लगायतका थुप्रै ब्राण्डका विज्ञापनमा काम गरिसकेकी छन् । भने ‘ब्याचलर बन्टी’मा अनमोल र उकुसाको उचाइ समेत मिलेको चर्चा सिनेमा बजारमा हुन थालेको छ । अनमोलले आठौ चलचित्रसम्म आइपुग्दा पनि फ्रेस अनुहारसँग नै काम गरिरहेका छन् ।सुदिप खड्का प्रोडक्सन र चाम्स इम्टरटेमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा ‘ब्याचलर बन्टी’को दशैँ लगत्तै युरोपका विभिन्न देशमा छायांकन गरिने छ ।द सिनेमा टाइम्सका फोटोग्राफर निरज पन्थीको क्यामेराले विभिन्न पोजमा खिचेका ७ तस्विरहरु :-
प्रतिक्रिया