अनमोल हेर्न बुटवलमा उर्लियो दर्शकको भिड (फोटो फिचर)

अनमोल हेर्न बुटवलमा उर्लियो दर्शकको भिड (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – पछिल्लो पुस्ताका हटकेक नायक हुन सुपरस्टार अनमोल केसी । युवापुस्ता माझ उनी निकै लोकप्रिय बनिरहेका छन् । अनमोलले आजसम्म मात्र ५ सिनेमामा काम गरेका छन् । यसैले गर्दा होला उनलाई अहिले बक्सअफिसमा पैसा छाप्ने मेसिनको रुपमा हेरिन्छ । जसले गर्दा अनमोल हरेक क्षेत्रमा निकै डिमान्डेड छन् । ‘अनमोल इभ’मा पुगेर रिलिजको तयारीमा रहेको सिनेमा ‘क्याप्टेन’को प्रचार प्रसार समेत गरेका थिए । ‘अनमोल इभ’मा अधिकांश  १६-२५ वर्षका युवावर्गको भिड देखिएको थियो । विशेषगरि, यूवती फ्यानहरुले ‘अनमोल अनमोल’ भन्दै हुटिङ गरेका थिए । अनमोलले फ्यानहरुसँग प्रत्यक्ष रुपमा जोडिँन पाउँदा अत्यन्त खुसी महशुस गरेको बताए । 

सुपरस्टार भैसक्दा पनि स्टेज कार्यक्रममा भने खासै नदेखिने अनमोल, शनिबार पहिलो पटक बुडवलमा आयोजीत ‘अनमोल इभ’को स्टेजमा देखिएका थिए । करिब ७ हजार बढि दर्शक माझ अनमोलले आफ्नो सिनेमा कृ को यती यती पानी बोलको गीतमा कम्मर मर्काएका थिए । आयोजकका अनुसार अनमोललाई हेर्न दर्शकको संङख्या अत्याधिक थियो । लगातारको झरीका कारण बुटवल कार्यक्रम स्थगित हुने निश्चत भएको थियो । तर, पानीले ‘अनमोल इभ’ रोकिएन । अनमोल पनि पानीको प्रवाह नगरि दर्शक भेट्न साँझ ८ बजे स्टेज चढेका थिए । कार्यक्रम भने ३ बजेबाटै सुरु भएको थियो । अभिनेता अनमोल केसीलाई हेर्नका लागि दिउँसैदेखि बुटवल मण्डपमा ७ हजार बढी दर्शकको भिड थियो । टिकट काटेर नेपाली सेलिब्रेटीलाई हेर्ने दर्शकको यस्तो भिड विरलै देख्न पाइने आयोजक कम्पनी मोनिका इन्टरनेसनल ग्रुपका अध्यक्ष कमल जीसीले बताए । बिना पारिश्रमिक कार्यक्रममा पुगेका अनमोलले यो कार्यक्रमबाट उठेको रकम नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउने घोषणा पहिले नै गरेका थिए । अनमोलका साथमा स्टेजमा नायिका प्रियंका कार्की, नायक भुवन केसी र झरना थापाले समेत स्टेजमा धमकेदार प्रस्तुती दिएका थिए । मोनिका इन्टरनेसनल ग्रुपले आयोजना गरेको कार्यक्रम बुलवलसँगै पोखरा चितवन र बिर्तामोड लगायतका सहरमा आयोजना हुने छ ।