उमेश र कविताको जीवन, ‘बोबी’ पोस्टरमा

उमेश र कविताको जीवन, ‘बोबी’ पोस्टरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्देशित सिनेमा ‘बोबी’को पोस्टर रिलिज भएका छन् । असार २९ मा रिलिज हुने रियल स्टोरीले प्रचारलाई व्यापक बनाइरहेको छ । यो सिनेमामा आफ्नै कथामा उमेश थापा र कविता गुरुङ मुख्य भूमिकामा छन् ।

पोस्टरमा पनि यी दुई कलाकारलाई नै फोकस्ड गरिएको छ । दुईको प्रेम, रोमान्स, रोदन, संघर्ष,  परिवार, जीवन पोस्टरममा झल्किएका छन् ।

 

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराई/गिरिराज घिमिरेको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।