‘मायाङ्क’मा प्रशान्त, अवसरमा सफलताको प्रेसर

‘मायाङ्क’मा प्रशान्त, अवसरमा सफलताको प्रेसर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भिलेनको रुपमा सिनेमा ‘ऐश्वर्य’बाट डेब्यु गरेका प्रशान्त ताम्राकार अहिलेका चलेका टप ५ अभिनेताको सुचीमा पर्छन । लूक्स र अभिनयका कारण यी अभिनेतालाई अहिले व्यस्तताले छोएको छ ।
‘ऐश्वर्य’ पछि कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, प्रशान्त ‘जय शम्भु’, ‘कस्मिक लभ’, ‘रणवीर’ र ‘क्याप्टेन’मा जोडिसकेका छन् । यी मध्ये उनि महँगै पारिश्रमिकमा ‘रानीमहल’मा पनि अनुबन्धित थिए । दुर्भाग्यबस उनि छायाँकनमा जाँदासम्म ‘रानीमहल’सँग जोडिन सकेनन् ।
यति मात्र होइन प्रशान्तलाई नै मुख्य भूमिकामा लिएर रोमी मानन्धरले सिनेमा ‘मायाङ्क’ पनि घोषणा गरिसकेकी छन् । जितेन्द्र खतिवडाले निर्माण गर्ने सिनेमामा ज्योत्सना योगी र शुसिल उप्रेतीको पनि मुख्य भूमिका रहनेछ । प्रेमकथामा बन्ने जुन सिनेमा भदौ पहिलो सातादेखि छायाँकनमा जानेछ र यसको रिलिज टार्गेट माघ महिनालाई गरिएको छ ।

प्रशान्तले लगालक सिनेमा गर्दै असवरलाई सदुपयोग गरिरहेका छन्, साथमा उनलाई चुनौतीले पछ्याउदै छ । अहिलेका स्टार कलाकार अनमोल केसीप्रदीप खड्काले सुरुवाती करिअरमा वर्षमा एक सिनेमा मात्र गरे । वर्षमा एक सिनेमा गर्दा स्टारडम मेन्टेन हुने लोभमा प्रदीप र अनमोलले यसो गरेको आरोप पनि लाग्यो । अब उनीहरुले वर्षेनी सिनेमाको संख्या बढाउदै छन् ।
घोषणा भएरुप अनमोलका ४, प्रदीपका २ र प्रशान्तका ५ सिनेमा पाइपलाइनमा छन् । के अवसरले पच्याइरहेका यी अभिनेताले सफलतालाई पछ्याउन सक्लान त ?