पाँच तस्विरमा स्वस्तिमाको सुन्दरता

पाँच तस्विरमा स्वस्तिमाको सुन्दरता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘हेस्टेल’ डेब्यु अभिनेत्री स्वस्तिमा खड्का करियरको सर्वाधिक व्यस्ततामा छिन् । भर्खरै ‘जय भोले’, ‘नाई नभन्नु ल ५’ र ‘छक्का पन्जा ३’को छायाँकन सकाएकी स्वस्तिमालाई ‘कुटुमा कुटु’ गीतले लोकप्रिय बनायो । यो गीतलाई साढे ६ करोड बढी हेरिएको छ ।

प्रदर्शनको हिसाबले उनका ‘छक्का पन्जा २’ र ‘लभ लभ लभ’ प्रदर्शन भैसकेका छन् । यी सिनेमाले स्वस्तिमालाई अझ चर्चा दिलाएका थिए । अब उनि छिट्टै नै नारिप्रधान सिनेमामा देखिदै छिन् । स्वस्तिमाको मुख्य भूमिका रहने ‘बुलबुल’को सोमबार मात्र घोषणा गरियो ।जहाँ स्वस्तिमा टेम्पो चालिकाको भूमिकामा प्रस्तुत हुँदैछिन् ।

उक्त ‘बुलबुल’  घोषणा कार्यक्रममा स्वस्तिमा सर्ट वानपिसमा उपस्थित भएकी थिइन् । जुन पहिरणमा स्वस्तिमालाई सुन्दरी देखिएको कार्यक्रममा उपस्थितहरुको ठम्याई थियो । जब स्वस्तिमाले घुम्दै पोज दिन थालिन्, क्यामराहरु स्वस्तिमा तीर तेर्सिए । द सिनेमा टाइम्स फोटोग्राफर निरज पन्थीले खिचेका केहि तस्विरहरु:-