सुहाएको ‘कायरा’ जोडी (फोटोफिचर)

सुहाएको ‘कायरा’ जोडी (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लभस्टोरी सिनेमामा छुट्टै नाम स्थापित गरेका अभिनेता आर्यन सिग्देल र लिडीङ लेडी साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’ साउन १८ गते प्रदर्शन हुँदैछ ।

सिनेमाको सार्वजनिक ट्रेलरले ग्रिन सिग्नल दिइसकेको छ । युट्युबमा भेटिएका सकारात्मक कमेन्टले यो जोडीको पहिलो सिनेमाले राम्रो व्यापार गर्न सक्ने अनुमान काटिएका छन् । आर्यन नेपाली लभस्टोरी सिनेमामा सर्वाधिक रुचाइएका अभिनेता हुन् । भने साम्रागी अहिलेकी टप अफ दि टाउन हुन् ।

यो जोडी ‘कायरा’मा जोडिए पनि मिडियामा सार्वजनिक भएका थिएनन् । त्यसैले क्यामरामा कस्तो देखिएका भन्ने सबैमा उत्सुकता थियो । अन्तत: सोमबार राजधानीमा आयोजित ‘कायरा’ ट्रेलर लन्च प्रेसमिटमा यी दुईले क्यामराको अगाडी पोज दिए ।

हेर्नुहोस् निरज पन्थीले खिचेका ‘कायरा’ जोडीका केहि तस्विरहरु