नि:सन्तान दम्पतिको कथा छायाँकनमा (फोटोफिचर)

नि:सन्तान दम्पतिको कथा छायाँकनमा (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नि:सन्तान दम्पतिको कथामा दिनेश राउतले निर्देशन गर्ने सिनेमा ‘प्रसाद’को छायाँकन सुरु भएको छ । सोमबार काठमाडौँको काँडाघारीस्थित गान्धीस्कुलको पुजाआजा गरि सिनेमाको शुभमुर्हत गरियो । सिनेमाको क्ल्याप बरिष्ट अभिनेत्री बसुन्धरा भुसालले ठोकेकी थिइन् ।

पहिलो दिनको छायाँकनमा सिनेमाका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत उपस्थित थिए । सिनेपत्रकार तथा समिक्षक सुशील पौडेलको डेब्यु लेखनमा बन्ने सिनेमामा राजेश श्रेष्ठको छायाँकन, सुवास भुसाल/कोशिष क्षेत्रीको संगीत र विकास सुवेदीको सहनिर्देशन रहनेछ ।

सुवास थापा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमा घोषणा भएदेखि नै चर्चामा छ । र सिनेमाको मजबुत टीमअपका कारण ‘प्रसाद’ प्रतिक्षित बनिसकेको छ ।

तस्विर: निरज पन्थी