सिनेपत्रकार: ब्राजिलका समर्थक धेरै, खेलाडीमा नेयमार

सिनेपत्रकार: ब्राजिलका समर्थक धेरै, खेलाडीमा नेयमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा सम्वन्धि समाचार प्रकाशित गर्दै आइरहेको ‘द सिनेमा टाइम्स’ अनलाइन पत्रिकाले ‘विश्वकप फुटबल विशेष सामाग्री’ अन्तर्गत ३२ नेपाली सिनेकर्मीको कसको समर्थन कुन टिमलाई ? शिर्षकमा समाचार प्रकाशित गरिसकेको छ ।

विश्वको लोकप्रिय खेल फुटबल, त्यसैमा विश्वकै सबैभन्दा ठुलो मेला ‘विश्वकप फुटबल’लाई मध्येनजर गर्दै अर्को सामाग्री तयार गरेका छौँ । यो सामाग्रीमा नेपाली सिनेमाको बारेमा कलम चलाउँदै आइरहेका पत्रकारहरुको मन पर्ने टिम र खेलाडीको बारेमा जानकारी दिने जमर्को गरेका छौँ ।

विशेषत: यो विश्वकप फुटबलसँगै नेपाली सिनेकर्मी र सिनेपत्रकारविचको आत्मियता बढाउनलाई गरिएको हो । यो र अघिल्लो प्रकाशित सामग्रीबाट दुवै पक्षलाई आफ्नोसँगै अरुको समर्थन टिम र खेलाडीको बारेमा थाहा पाउन सहज हुनेछ । जसले गर्दा यी दुईविच जेठ ३१ देखि सुरु हुने २१ औँ रसिया विश्वकप फुटबल रोमान्चक बन्ने आशा लिएका छौँ ।

विश्वकपमा ३२ टिमको सहभागिता रहेका कारण हामीले ३२ जना सिनेपत्रकारलाई यो सर्वेक्षण समेटेका थियौँ । जस मध्ये टिमको समर्थकमा सबै भन्दा धेरै ब्राजिलका भेटिएका छन् । ब्राजिलको समर्थक ४७ प्रतिशत भेटीए । त्यस्तै अर्जेन्टिनाका २८, जर्मनीका ९ र कोरिया रिपब्लिकका ६ प्रतिशत समर्थक भेटीए । एक भन्दा धेरै टिमको समर्थनमा ३ प्रतिशत मात्र हुँदा अन्य टिमको नाम ९ प्रतिशतले लिए ।

त्यस्तै मन पर्ने खेलाडीमा ३७ प्रतिशतले ब्राजिलियन फरवार्ड नेयमारको नाम लिए । अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनल मेस्सीको नाम २७ प्रतिशतले लिँदा पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम ३ प्रतिशतले लिए । सर्वेक्षणमा एक भन्दा बढी खेलाडीको नाम १० प्रतिशत लिए भने २३ प्रतिशतले अन्य खेलाडीलाई आफ्नो रोजाइमा पारे ।

अशेष अधिकारी (सेतोपाटी)

टिम: ब्राजिल

खेलाडी: नेयमार

अनिल यादव (शुक्रबार)

टिम: ब्राजिल

खेलाडी: नेयमार

अनुप भट्टराई (न्युजफिल्मी)

टिम: जर्मनी
खेलाडी: नियोर

विजय आवाज (अनलाइन खबर)

टिम: ब्राजिल
खेलाडी: नेयमार (मेस्सी पनि मन पर्छ)

बिष्णु शर्मा (मुभीमान्डू)

टिम: ब्राजिल
खेलाडी: नेयमार र फिलिप कौटिन्हो

बर्षा बस्नेत (सिनेपाटी)

टिम: ब्राजिल
खेलाडी: नेयमार

बाबु सुरेश डिसी (एपी १ टिभी)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

बैकुण्ठराज पराजुली (फिल्मीनेपाल)

टिम: ब्राजिल, स्पेन, फ्रान्स, पोर्चुगल र बेल्जियम
खेलाडी: रोनाल्डो, नेयमार र ग्रिजमेन

दीपेन्द्र लामा (फिल्म पत्रिका)

टिम: कोरिया रिपब्लिक
खेलाडी: इंग्ल्याण्डका ह्यारी केन

डीबी खड्का (नेपाल लाइभ)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

जीवन पराजुली (ठुलोपर्दा)

टिम:ब्राजिल
खेलाडी: नेयमार

गोकर्ण गौतम (नेपाल म्यागेजिन)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

नेमिष गौतम (नागरिक)

टिम: ब्राजिल

प्रदीप कार्की (फिल्मीन्युज)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

प्रकाश ढुंगाना (सेतोपाटी)

टिम: स्पेन
खेलाडी: रामोस

मनिष अन्जान (फिल्मीखबर)

टिम: ब्राजिल

खेलाडी: नेयमार

रीना मोक्तान (पहिलो पोस्ट)

टिम: ब्राजिल
खेलाडी: नेयमार

लक्ष्मण सुवेदी (नयाँ पत्रिका)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

कृष्ण भट्टराई (साप्ताहिक)

टिम: ब्राजिल (अर्जेन्टिना र मेस्सी पनि मन पर्छन)
खेलाडी: नेयमार

कुबेर डंगोल (कलिउड हँगामा)

टिम: कोरिया रिपब्लिक (नेपालले विश्वकप नखेलेपनि आफ्नै महादेशको टिमलाई समर्थन छ)
खेलाडी: सोन हेङ मिन

सुशील पौडेल (कान्तिपुर)

टिम: ब्राजिल
खेलाडी: नेयमार

शान्ति प्रिय (फिल्मीखबर साप्ताहिक)

टिम: म सामान्य फुटबलप्रेमी भएकाले कुनै पनि टिम को सुरुदेखि अन्त्यसम्म समर्थक रहदीन । जुनसुकै खेलमा दुई टिम मध्ये राम्रो टिमको समर्थनमा हुन्छु ।

स्वेच्छा राउत (पहिलो पोस्ट)

टिम: इंग्ल्याण्ड
खेलाडी: जेसे लिङ्गार्ड

समीर बलामी (फिल्मी फण्डा)

टिम: ब्राजिल
खेलाडी: थियागो सिल्भा

सचित खड्का (अरनिको टिभी)

टिम: जर्मनी
खेलाडी: क्रिस्टियानो रोनाल्डो

सारदा थापा (एबिसी टिभी)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

सन्दीप सापकोटा (सिनेखबर)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी, डी मारिया, अगुइरो, फ़जिओ र रोजो

सामिप्यराज तिमिल्सिना (नागरिक)

टिम:अर्जेन्टिना
खेलाडी: मेस्सी

सुरज खड्का (एभिन्युज टिभी)

टिम: अर्जेन्टिना
खेलाडी: मेस्सी

सन्तोष कुमार थापा (कोरीबाटी)

टिम: जर्मनी

खेलाडी: ओजिल

आरके सुवेदी (बक्सअफिस साप्ताहिक)

टिम: ब्राजिल
खेलाडी: नेयमार

उत्सब रसाइली (रमाइलो छ)

टिम: ब्राजिल

खेलाडी: नेयमार

यी पनि पढ्नुस:-

कसको समर्थन कुन टिमलाई ?

सिनेकर्मीको समर्थन अर्जेन्टिनालाई, खेलाडीमा मेस्सी