सिनेकर्मीको समर्थन अर्जेन्टिनालाई, खेलाडीमा मेस्सी

सिनेकर्मीको समर्थन अर्जेन्टिनालाई, खेलाडीमा मेस्सी

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली, काठमाडौँ – रसियामा सम्पन्न हुने २१ औँ विश्वकप फुटबल सुरु हुन् केहि दिन मात्र बाँकी छ । सारा संसार आफ्नो मन पर्ने टिमको समर्थनमा उत्रिसकेका छन् । विश्वकपको ज्वोरोले कुनै पनि क्षेत्रलाई छोडेको छैन । यस्तै हालत छ नेपाली सिनेमा क्षेत्रमा पनि ।

सेलेब्रेटीहरु व्यस्तताका वावजुत आफ्नो फेवरेट टिमको खेल हेर्नलाई समय मिलाइसकेका छन् । यसैबीच विश्वकपको क्रेजलाई मध्येनजर गर्दै द सिनेमा टाइम्सले ३२ सिनेकर्मीलाई विश्वकपमा समर्थन गर्ने टिम र मन पर्ने खेलाडीको बारेमा सोधेको थियो । ३२ सिनेकर्मीमा अभिनेता, अभिनेत्री, संगीतकार, गायक, निर्देशक, स्क्रिप्ट राइटर र निर्माताहरु छन् ।

यो सर्वेक्षणमा ४२ प्रतिशत सिनेकर्मी अर्जेन्टिनाको समर्थनमा छन् । त्यस्तै १९ प्रतिशत ब्राजिल, १० प्रतिशत स्पेन र ३ प्रतिशत जर्मनीको समर्थनमा छन् । एक भन्दा बढी टिमको समर्थन गर्ने र पहिलो टिम बाहिरिएको बिकल्पमा अर्को टिम रोज्नेमा १६ प्रतिशत छन् । भने, अन्य टिम रोज्नेमा १० प्रतिशत छन् ।

मन पर्ने खेलाडीमा अर्जेन्टियन स्टाइकर लियोनल मेस्सीलाई धेरैले रोजेका छन् । ३९ प्रतिशतले मेस्सीलाई रोज्दा नेमारलाई १५ प्रतिशत र रोनाल्डोलाई १२ प्रतिशतले रोजाईमा पारेका छन् । एक भन्दा बढी खेलाडीको नाम १२ प्रतिशतले लिँदा, बाँकी २१ प्रतिशतले अन्य खेलाडीको नाम लिए ।

यो सर्वेक्षणमा कतिले समर्थन गर्ने टिमबाट मन पर्ने खेलाडीको नाम लिएनन् । उनिहरुको मन पर्ने खेलाडी र समर्थन गर्ने टिम फरक-फरक थिए । केहि सिनेकर्मीले विश्वकपमा नेपाल नभएकाले अर्को टिम र खेलाडी खासै रोजाइमा नपरेको बताए ।

कसको समर्थन कुन टिमलाई ?