रेगुलर सुटिङमा सलिनमानको ‘यात्रा’

रेगुलर सुटिङमा सलिनमानको ‘यात्रा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साता अगाडी मात्र शुभमुर्हत गरि छायाँकन घोषणा गरिएको सिनेमा ‘यात्रा – अ म्युजिकल भ्लग’ जेठ १० गतेबाट रेगुलर छायाँकनमा निक्लिएको छ ।

मुर्हतमा केहि दृश्य खिचिएको सिनेमाको बाँकी छायाँकन काठमाडौँ हुँदै सोलुखुम्बुमा पुगेर सकिनेछ । सम्राट शाक्यको कथा निर्देशन रहने सिनेमाले जर्नी लभस्टोरी भन्नेछ । काठमाडौँबाट सोलुखुम्बुसम्म पुग्दा सिनेमाको शिर्ष गीत पनि छायाँकन गरिने निर्माण पक्षले बताएको छ ।

सोलुमा तीन साताको छायाँकन सेड्युल छुट्टयाइएको सिनेमा सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय स्थानमा खिचिनेछ । सिनेमामा सलिनमान बानियाँ , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , अंकित संग्रौला, एन्जल राई, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै सिनेमा मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन भने विदेशी कलाकार चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने सिनेमालाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । सिनेमाका सहनिर्मातामा मुक्ति तिमिल्सिना र धर्मराज अधिकारी रहेका छन् ।

संजय लामाले खिच्ने ‘यात्रा – अ म्युजिकल भ्लग’मा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । सिनेमामा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ ।