फस्टलूकमा ‘जय शम्भु’

फस्टलूकमा ‘जय शम्भु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – रुपेश गुरुङ निर्देशित सिनेमा ‘जय शम्भु’को फस्टलूक पोस्टर सार्वजनिक भएका छन् । एक्सन लभस्टोरी सिनेमाको पोस्टरमा प्रशान्त ताम्राकार, अनुपबिक्रम शाही र बर्षा सिवाकोटीलाई मात्र प्रस्तुत गरिएको छ ।

सार्वजनिक दुई पोस्टर मध्ये एकमा बर्षा र अनुपबिक्रम रोमान्टिक मूडमा देखिएका छन् । भने, अर्कोमा तीनै जना एग्रेसिभ रुपमा प्रस्तुत छन् । सिनेमामा कलाकारको भूमिका नखुलाइए पनि अनुपबिक्रम हिरो र प्रशान्त भिलेनको भूमिकामा रहन सक्ने अनुमान लगाउन सकिन्छ ।

भारी बजेटमा निर्माण गरिएको सिनेमा भदौ १ बाट देशव्यापी प्रदर्शनमा आउदैछ । दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’का चक्र पाख्रिन कार्यकारी निर्माता र अरविन्द्रमान शाक्य निर्माता छन् । सिनेमामा माथि उल्लेखित तीन कलाकारका अलावा रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राज कुमार थापा, कालु राना लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । ‘जय शम्भु’लाई नेपालसँगै अष्ट्रेलिया, दुबई, थाईल्याण्ड, हङकङ लगायतका देशहरुमा पनि प्रदर्शन गरिने निर्माण टिमले बताएको छ ।