चलचित्र पत्रकार संघको १९ औं बार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

चलचित्र पत्रकार संघको १९ औं बार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९औं बार्षिकोत्सब सम्पन्न गरेको छ । जेठ ७ गतेलाई आफ्नो जन्मदिन मान्दै आएको संघले सिनेमा पत्रकारितासंग आवद्द पत्रकार र सिनेकर्मी माझ १९ औं केक पनि काट्यो । बार्षिकोत्सबकै अवसरमा संघले ५ जना पत्रकारलाई सम्मान, पुरस्कार र प्रोत्साहन पुरस्कार पनि वितरण गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ट पत्रकार दयाराम पाण्डे र धुर्व लम्साल चलचित्र पत्रकारिता सम्मान, नयाँ पत्रिका दैनिकमा आवद्द लक्ष्मण सुवेदी र टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकरिता पुरस्कार र फिल्मीखबर डटकममा आवद्द अन्जान दाहाल ‘मनिष’लाई प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको थियो ।

पत्रकारिता पुरस्कारबाट सम्मानित हुने सुवेदी र थापालाई २१ हजार नगद प्रदान गरिएको थियो । भने प्रोत्साहनतर्फ दाहाललाई एक थान ल्यापटपको साथ ताम्रपत्र र ट्रफी प्रदान गरियो । साथै, संघले नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश तर्फको नवनियुक्त कार्यसमितिलाई पनि बधाई तथा सम्मान अर्पण गरेको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलदेखि लिएर सिनेमा क्षेत्रसंग आवद्द बिभिन्न संस्थाका अध्यक्षहरुसँगै थुप्रै सेलेब्रेटीको उपस्थिति थियो । चलचित्र पत्रकारितासंग जोडिएर आउने सबैले संघ बार्षिकीको अवसरमा बधाई तथा शुभकामना दिएका थिए ।

संघका अध्यक्ष सन्दीप सापकोटाले सिनेमाको विकासमा पत्रकारहरुको योगदान स्मरण गर्दै संघ पत्रकारको हकहितका लागि तत्पर रहने बताए । राजधानी बाहिर रहेका बिभिन्न शाखामा पनि पत्रकारलाई सम्मान वितरणसहित सोमबार बार्षिकोत्सब  मनाइएको थियो ।

तस्विर: निरज पन्थी