टुँडिखेलमा खगेन्द्रले लगाए ‘ठ्याक’ ! (फोटोफिचर)

टुँडिखेलमा खगेन्द्रले लगाए ‘ठ्याक’ ! (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बैशाख २१ गते प्रदर्शनमा आउने सिनेमा ‘डमरुको डन्डीबियो’को दर्शकमा प्रतिक्षा व्यग्र छ । ट्रेलर रिलिज भएसँगै हाइप बनाएको सिनेमाले प्रचार-प्रसार पनि व्यापक बनाइरहेको छ ।

पुर्व राष्ट्रिय खेल डन्डीबियोमाथि आधारित सिनेमाले शनिबार दिउँसो राजधानीको टुँडिखेलमामा ‘ठ्याक लाउने’ च्यालेन्ज राख्यो । सिनेमाका कलाकार उपस्थित भएको उक्त च्यालेन्जमा सयौं प्रतिस्पर्धी सहभागी थिए ।

च्यालेन्जमा सिठ्ठो ठ्याक लगाउनेलाई रु. २५००, छैंटो ठ्याक लगाउनेलाई रु. १५००, पाँचो ठ्याक लगाउनेलाई रु. ५०० बराबरको फूड वा कफी कुपन वा टिसर्ट/क्याप र इनर्जी ड्रिंक्स, तियो/चारो लगाउनेलाई टिसर्ट/पेन पुरस्कार दिइएको थियो ।

सिनेमाका कलाकार खगेन्द्र लामिछाने, आशान्त शर्मा, लक्ष्मी वर्देवा निर्माताद्वय नोर्बु छिरिङ घले, विनोद गुरुङ लगायतका कलाकारले प्रतिस्पर्धीसँगै ठ्याक लगाएका थिए । टुँडिखेलमा खगेन्द्र पुग्दा फ्यानहरुले पशुपति प्रसाद भन्दै सेल्फी लिन झुम्मिए । ‘डमरुको डन्डीबियो’ बारेमा जानकारी रहेको बताउदै प्रतिस्पर्धीले सिनेमा कुनै पनि हालतमा हेर्ने बाचा गरे ।

छेतेन गुरुङ निर्देशित ‘डमरुको डन्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।