भावी पुस्ताको लागि डकुमेन्टेसन ‘डमरुको डन्डीबियो’

भावी पुस्ताको लागि डकुमेन्टेसन ‘डमरुको डन्डीबियो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डेब्यु सिनेमा ‘बधशाला’ पश्चात चार सिनेमामा अभिनय गरिसकेका अभिनेता खगेन्द्र लामिछानेले सिनेमा क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाइसकेका छन् ।

नेपाली आमिर खानको उपमा पाएका खगेन्द्र अभिनयसँगै लेखनमा पनि सक्रिय छन्, र यी दुवै विधामा आफुलाई प्रमाणित गरिसकेका छन् । बैशाख २१ गते खगेन्द्र अभिनित पाँचौ सिनेमा ‘डमरुको डन्डीबियो’ प्रदर्शन हुदैछ । ट्रेलर रिलिज भएसँगै चौतर्फी चर्चा कमाएको सिनेमालाई आशाका रुपमा हेरिएको छ ।

प्रत्येक सिनेमामा आफ्नो छुट्टै परिचय बनाउदै आएका खगेन्द्र यस सिनेमामा डमरुको भूमिकामा प्रस्तुत भएका छन् । ‘टलकजंग भर्सेस टुल्के’मा (टुल्के), ‘पशुपति प्रसाद’मा (पशुपति) र ‘धनपति’मा (धनपति)को रुपमा चिनिएका खगेन्द्र यो सिनेमाबाट नयाँ परियार पाउनेमा आशावादी छन् ।

सिनेमामा पुर्व राष्ट्रिय खेल डन्डीबियोको कथा उठाइएको छ । यस सिनेमाले लोपोन्मुख खेल डन्डीबियोलाई स्मरण गराउनुका साथै पछिल्लो पुस्ताको लागि डकुमेन्टेसनका रुपमा रहने बताउछन । उनि भन्छन ‘हामीले डन्डीबियोको क्रान्ती ल्याउने उधेश्यले सिनेमा निर्माण गरेका होइनौ । यसले समाजमा यस खेलको महत्व, विश्वव्यापी नियमको संदेश दिनुका साथै मनोरंजन दिनेछ । र भविष्यमा गएर पुस्ताले यस खेलको बारेमा बुझ्न डकुमेन्ट्रीस्वरूप सिनेमा पाउनु हुनेछ ।’

खगेन्द्र आफुले खेलेका र लेखेका सिनेमाले अहिलेसम्म आफु र दर्शकलाई निराश नपारेको बताउछन । ‘मैले लेख्ने र खेल्ने सिनेमाको बारेमामा म दर्शकको रुची हेर्छु । त्यहिँ अनुसारको स्क्रिनप्लेमा ढाल्छु । यदि मैले लेखेको सिनेमा मलाई नै चित्त बुझेन् भने, सिनेमा निर्माणको लागि स्क्रिप्ट बेच्दिन । त्यसैले यो सिनेमाबाट पनि निक्कै आशावादी छु ।’ खगेन्द्रले भने ।

छेतेन गुरुङ निर्देशित सिनेमामा खगेन्द्रका अलावा अनुप बराल, मेनुका प्रधान बुद्दी तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।