प्रियंका र संजय बग्गीमा सरर (फोटोफिचर)

प्रियंका र संजय बग्गीमा सरर (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मुख्य कलाकार प्रियंका कार्की र संजय गुप्तालाई बग्गीमा राखेर ‘ह्याप्पी डेज’ले उपत्यका परिक्रमा गरेको छ । सोमबार विहान १० बजे लगनखेलबाट सुरु भएको बग्गी यात्रा  थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत भएको थियो ।

प्रेसमिटमा प्रियंका र संजयले नयाँ तरिकाले सिनेमाको प्रचार गर्दा नौलो अनुभति भएको बताए । जसरी सिनेमाको बग्गी यात्रा राम्रो भयो ‘ह्याप्पी डेज’ पनि त्यस्तै राम्रो भएको दुवैले बताए ।

बैशाख १४ मा रिलिज हुन् लागेको सिनेमाले प्रचारलाई व्यापक बनाउन यस्तो भिन्न प्रचार शैली अपनाएको र बग्गी यात्राबाट दर्शकमाझ सकारात्मक संदेश प्रवाह गर्न सफल भएको निर्देशक मिलन चाम्सले बताए । सिनेमाका अर्का मुख्य कलाकार दयाहाङ भने व्यस्तताका कारण यो यात्रामा उपस्थित हुन् सकेनन् ।

भृकुटीमण्डपबाट बग्गी यात्रा  सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिएको थियो ।

सिनेमामा प्रियंका, दयाहाङ र संजयका अलावा दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।