‘लिलिबिली’ टिमसँग झुमे राजधानीका दर्शक

‘लिलिबिली’ टिमसँग झुमे राजधानीका दर्शक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’ले राजधानीमा कन्सर्ट आयोजना गर्दै उपत्यका प्रचार सुरु गरेको छ । नयाँ बसपार्कस्थित बिजी मलबाट उपत्यका प्रचारको सुरुवात गरियो ।

जहाँ सिनेमाका मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङसँगै निर्देशक मिलन चाम्स, निर्माताद्वय सुदिप खड्का र गोविन्द शाहीले दर्शक झुमाए । युवापुस्ता माझ गज्जबको फ्यान फ्लोविङ बनाएका प्रदीपको क्रेज आज पनि देखियो । जब प्रदीप दर्शकसँग सेल्फी लिन मोबाइल तेर्स्याउथे तब दर्शकको आवेग थामीनसक्नु हुन्थ्यो । प्रदीपले दर्शकसँग ‘लिलिबिली’को माया साट्दै थुप्रै सेल्फी पनि लिए । त्यस्तै जसिता गुरुङसँग पनि सेल्फी खिच्न चाहने दर्शकको कमि थिएन कन्सर्टमा ।

यो कन्सर्ट सिनेमा रिलिजसम्म उपत्यकाका काठमाडौँ, भक्तपूर र ललितपुरमा हुनेछ । सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।