मदनकृष्ण पत्नीको दाहसंस्कार (फोटोफिचर)

मदनकृष्ण पत्नीको दाहसंस्कार (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पत्नी यशोदा सुवेदीको मंगलबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । छोरा यमन श्रेष्ठले हिन्दु परम्परा अनुसार सुवेदीलाई दागबत्ती दिए ।

लामो समयदेखि क्यान्सरबाट पिडित यशोदाले सोमबार राति १०.४५ बजे हरिसिद्धि क्यान्सर अस्पतालमा अन्तिम स्वास लिएकी थिइन ।

२०३० सालमा कलाकार मदनकृष्णसँग अन्तरजातीय विवाह गरेकी यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको क्यान्सर थियो । यशोदाका यमन र सरना गरि दुई सन्तान छन् ।

यशोदाको अन्तिम संस्कारमा नेपाली सिनेमाका चर्चित व्यक्तिहरु, परिवार, आफन्तजन श्रद्धान्जली दिन  पशुपति आर्यघाटमा पुगेका थिए ।

द सिनेमा टाइम्स परिवार स्वर्गीय यशोदा सुवेदीको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ । 

तस्विर: विवेक बस्याल