‘कान्छी’ हेर्दा प्रचण्डले भने ‘पारिवारिक पिडा भुलेर देश विकासमा लागौं’

‘कान्छी’ हेर्दा प्रचण्डले भने ‘पारिवारिक पिडा भुलेर देश विकासमा लागौं’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री श्वेता खड्काले निर्माण गरेको सिनेमा ‘कान्छी’को विशेष शो सम्पन्न भएको छ । आइतबार राजधानीको कुमारी हलमा आयोजित शोमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै राजनिती, ब्यान्किङ र सिनेमा क्षेत्रका चर्चित व्यक्तिवहरुको उपस्थिति थियो ।

सिनेमा हेरे पश्चात सबैले राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । श्वेता र आफ्नो पिडा एउटै भएकाले ‘कान्छी’ हेर्ने प्रस्ताव एकै पटकमा स्वीकार गरेको प्रमुख अतिथि प्रचण्डले बताए । साथै, परिवार गुमाउनु जस्तो पिडाबाट तिग्रिएर समाजसेवामा लागेकोमा श्वेतालाई बधाई तथा शुभकामना पनि दिए । उनले भने ‘हामी एउटै पिडाबाट गुज्रिएका हौ । परिवारको सदस्य गुमाउदाको पिडा मैले पनि भोगेको छ । र त्यो पिडा लुकाउदै जसरि श्वेता जीले सिनेमा निर्माण र सामजिक कार्यमा लाग्नु भएको छ । त्यो निक्कै प्रसंसनिय छ । उहाँलाई बधाई तथा शुभकामना ।’ प्रचण्डले पारिवारिक पिडालाई भुलेर अब देश विकासमा मरिमेट्ने पनि बताए

‘कान्छी’को शोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा, नयाँ शक्तिकी वरिष्ठ नेतृ हिसिला यामीले आकाश अधिकारी निर्देशित ‘कान्छी’ हेरे । उनीहरुले पनि सिनेमा राम्रो लागेको प्रतिक्रिया दिए ।

 

तस्विर: निरज पन्थी