जापानमा ‘लिलिबिली’को प्रिमियर, प्रतिक्रियाबाट उत्साहित टिम

जापानमा ‘लिलिबिली’को प्रिमियर, प्रतिक्रियाबाट उत्साहित टिम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चैत ३० गते नेपाल रिलिज हुने सिनेमा ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।

जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए । प्रिमियरमा सिनेमा हेरे पश्चात दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानले जानकारी दियो ।

नेपाली सिनेमा यतिको राम्रो बन्नु खुसीको कुरा रहेको डेस्टिनीले बतायो । ‘लिलिबिली’को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली सिनेमाको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो ।

दर्शकबाट पाएको प्रतिक्रियाले अभिनेता प्रदिप खड्का पनि दंग छन् । प्रदिप र जसिता आउने भनेकाले पनि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ।’ शाहीले भने । ‘हामी कसैको आशालाई निराशामा परिणत हुन् दिने छैनौँ । हामीले मिहिनेत गरेर राम्रो सिनेमा बनाएको थियौं । जसको नतिजा एकदमै सुखद मिलेको छ ।’

मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले प्रचारप्रसार तीव्र बनाउदै छ । फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।