राजधानी फिर्यो ‘लिलिबिली’ टिम, यस्तो रह्यो मोफसल टुर

राजधानी फिर्यो ‘लिलिबिली’ टिम, यस्तो रह्यो मोफसल टुर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’ले आफ्नो मोफसल टुर सकाएर राजधानी फिरेको छ । चैत ३० गते प्रदर्शन हुने सिनेमाले अहिले प्रचारलाई व्यापक तीव्रता दिइरहेको छ ।

चितवनबाट पुर्व हानिएको ‘लिलिबिली’ युनिटले दमक, धरान र बिर्तामोडमा कन्सर्ट गरि दर्शकलाई मनोरंजन दिदै सिनेमाका बारेमा जानकारी दियो । जहाँ अभिनेता प्रदीप खड्कालाई हेर्न हजारौ दर्शकको उपस्थिति रह्यो । जुन स्थानमा कन्सर्ट गरिएको थियो । त्यहाँबाट पठाइएका कुनै पनि तस्विरमा दर्शकको कमि छैन ।

युवापुस्ता माझ राम्रो क्रेज बनाएका प्रदीपकै कारण दर्शकको भिड लागेको थियो । प्रदीपसँगै टुरमा जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल पुगेका थिए ।

‘लिलिबिली’ टिम मोफसल टुर अन्तर्गत सुरुवातमा पोखरा हानिएको थियो । तर, मौसम खराबीका कारण पोखरा ल्याण्ड हुन् नसकेको टिम, त्यसपश्चात चितवन हानिएको थियो । मोफसल टुरबाट फर्किएको टिमले अब राजधानीबाटै प्रचार व्यापक बनाउनेछ ।

सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।