देशदौडाहमा प्रदीपको क्रेज, भन्छन सबै सिनेमा डेब्यु !

देशदौडाहमा प्रदीपको क्रेज, भन्छन सबै सिनेमा डेब्यु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप खड्का अहिलेका लोकप्रिय अभिनेता हुन् । युवापुस्ताका ढुकढुकी प्रदीप अभिनित चौथों सिनेमा ‘लिलिबिली’ चैत ३० गते अलनेपाल प्रदर्शन हुदैछ ।

तर, यो सिनेमालाई प्रदीप डेब्यु भन्न रुचाउछन् । ‘इस्केप’ डेब्यु भए पनि ‘प्रेमगीत’ सिरिजले उनलाई चर्चामा ल्यायो । अब प्रदीप ‘प्रेमगीत’को ट्यागलाई ‘लिलिबिली’ले हटाउने बताउछन ।

देशदौडाहको क्रममा ‘लिलिबिली’ टिमले चितवनमा आयोजना गरेको प्रेसमिटमा दर्शकलाई ‘लिलिबिली’लाई डेब्यु सरह मान्न आग्रह गरे । सिनेमामा निभाएको भूमिका र कामको नयाँ अनुभवले आफुलाई नयाँ उचाई दिने आशा व्यक्त गर्दै प्रदीपले हरेक नयाँ काम डेब्यु सरह हुने प्रष्ट्याए । उनले भने ‘मेरा सबै सिनेमा मेरा लागि डेब्यु नै हुन् ।’

त्यस्तै डेब्यु गर्ल जसिता गुरुङले सिनेमामा आफुले इमोसनल र सिम्पल केटिको भूमिका निर्वाह गरेको र दर्शकले मन पराईदिने आशा व्यक्त गरिन् । जसितालाई निर्देशक मिलन चाम्सले पहिलो पटक बेलायतको एक नृत्य प्रतियोगीतामा देखेका थिए । त्यसपछी अडिसनमा बोलाएर सिनेमाको लागि छनोट गरेको जसिताले खुलाइन ।

बेलायत, स्कटल्याण्ड र टर्कीको स्थानबुलमा छायाँकन गरिएको ‘लिलिबिली’ हरेक नेपाली सिनेमाका फ्यानले गर्व गर्न लायक बनेको निर्देशक चाम्सले बताए । विदेशमा मात्र छायाँकन गरीए पनि सिनेमाले नेपालको प्रतिनिधित्व गर्ने चाम्सले थपे ।

त्यस्तै निर्माता सुदिप खड्काले ‘लिलिबिली’को क्लाइमेक्स सिन हेरेर चाम्स र आफु रोएको स्मरण गर्दै ‘लिलिबिली’ले नेपाली सिनेमा क्षेत्रलाई एक स्टेप माथि उठाउने बताए ।

प्रदीपको क्रेज: सोमबार चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा प्रदीपका फ्यानहरुले उनको क्रेज पुन: एक पटक झल्काईदिएका छन् । प्रदीपलाई हेर्न मात्र हजारौ फ्यानको भिड थियो । सेल्फी लिनलाई फ्यानको तछाडमछाडले प्रदीपलाई स्टेजसम्म चढ्न हम्मेहम्मे परेको थियो । प्रदीपको यस्तै क्रेज ‘प्रेमगीत २’ रिलिज ताका पनि देखिएको थियो ।

अबको गन्तव्य पुर्व: देशदौडाह अन्तर्गत सिनेमाको पहिलो सेड्युल आइतबारका लागि पोखरामा थियो । तर, खराब मौसमका कारण ‘लिलिबिली’ टिमको हवाईजहाज पोखरामा ल्याण्ड हुन् नसकेपछी पोखरा कन्सर्ट स्थगित भएको थियो । चितवनको कन्सर्ट पश्चात टिम पुर्वका दमक, इटहरी, धरान लगायतका शहरमा पुग्नेछ । यस टुर अन्तर्गत प्रदीप, जसिता, मिलन, सुदिपसँगै नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका छन् ।

सिनेमामा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।