‘शत्रु गते’को लगानी सुरक्षित, जान्नुस कलेक्सन

‘शत्रु गते’को लगानी सुरक्षित, जान्नुस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित सिनेमा ‘शत्रु गते’ले पहिलो तिन दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको छ ।

दर्शकले अत्याधिक रुचाएको सिनेमाले पछिल्लो समय सुस्ताएको सिनेमा बजारलाई पुन: जगाएको छ । निर्माता किरण केसीले सिनेमाको तिन दिने कमाई सार्वजनिक गरेका छन् । जुन एकदमै राम्रो हो ।

मल्टीस्टारर सिनेमाले पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाख ग्रस बटुल्न सक्यो । अब सिनेमाको तिन दिने कमाई ३ करोड २७ लाख पुगेको छ ।

पब्लिसिटी खर्चसहित १ करोड ६० लाख बजेटमा निर्माण भएको ‘शत्रु गते’ले तिन दिनमै लगानी रिकभर गर्न सफल भएको छ । अब सिनेमाको बाँकी कलेक्सन नाफाको हुनेछ ।

मुख्य पात्र पल शाह र आँचल शर्माको विवाहलाई लिएर दुई परिवार विच निम्तिएको उतारचढावलाई केन्द्रीय द्वन्द बनाएको सिनेमामा वरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसँगै दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुसाल, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, शुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।

महसञ्चारको व्यानरमा निर्मित सिनेमाको कार्यकारी निर्माता किरण केसी हुन् । सिनेमाका निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य रहेका छन् । सिनेमामा टंक बुढाथोकीरकालीप्रसाद बाँस्कोटाको संगीत, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजरप्रविन सिंहको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन र दिर्घ गुरुङ छायाँकन रहेको छ ।

‘शत्रु गते’ हेर्न उर्लिए दर्शक, बलियो माउथ पब्लिसिटी !