‘फेरि-फेरि’को फाइट सिन खिच्नै १० दिन लाग्यो -पुरण थापा

‘फेरि-फेरि’को फाइट सिन खिच्नै १० दिन लाग्यो -पुरण थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘फेरि-फेरि’को ८५ प्रतिशत छायाँकन सकिएको छ । विहिबार भक्तपुरको सुर्यविनायकमा द्वन्दको दृश्य खिचिदै गर्दा निर्देशक पुरण थापाले सिनेमाको छायाँकन करिब अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सिनेमाको क्लाइमेक्स फाइट छायाँकन गर्न झन्डै १० दिन लाग्यो । लेखन र निर्माणमा पनि हात हालेका निर्देशक थापाले सिनेमालाई सक्दो राम्रो बनाउन खोजिएको बताए । ‘फिल्म निकै हेभी बनेको छ,’ निर्देशक पुरनले भने, ‘गुणस्तरिय फिल्म बनाउन कुनै कसर बांकी राखेको छैन ।’

‘फेरि-फेरि’को बाँकी १५ प्रतिशत छायाँकन सकिन १ साता लाग्नेछ । सिनेमाका एउटा गीत र फाइट सिन बाँकी छ । पहिलो पटक अत्याधुनिक प्रविधिको ‘रेड इपिक डब्ल्यु हेलियम एट के’ क्यामराबाट खिचिएको सिनेमाको आगामी सेड्युल दामन, चितवन र कर्णालीमा रहेको छ ।

सुरेश बज्राचार्यले खिचिरहेको सिनेमामा एनबी महर्जनको द्वन्द, निरज थापाको निर्माण र बिकास चौधरीको संगीत रहनेछ । सिनेमामा अर्पण थापा, ऋचा शर्मा, निर्देशक पुरन स्वयम्, धर्मेन्द्र आचार्य, निक शर्मा, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।