‘कृ’ रोमान्टिक गीतमा अनमोलको यस्तो लूक्स

‘कृ’ रोमान्टिक गीतमा अनमोलको यस्तो लूक्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बक्सअफिसमा धमाका मच्चाउनलाई  ‘कृ’ अब केहि दिन मात्र टाढा छ । अनमोल केसी भएकै कारण ‘कृ’ सबैमा प्रतिक्षित छ । माघ २६ गते सिनेमा देशभरका अधिकाँस हलमा रिलिज हुदैछ ।

निर्माणमै करिब डेढ बर्ष लागेको ‘कृ’को सम्पूर्ण छायाँकन रिलिजको एक साता अगाडी मात्र सकियो । प्रचारको उत्कर्षमा रहेको बेला ‘कृ’ टिम एक साता अगाडी रोमान्टिक गीत छायाँकनको लागि स्कटल्याण्ड उडेको थियो ।

स्कटल्याण्डमा छायाँकन सकाएर ‘कृ’ टिम नेपाल फिरिसकेको छ । अनमोल र अदिति बुढाथोकी फिचर गीत यसै साता सार्वजनिक हुदैछ । अनमोलका प्रत्येक गतिबिधि दर्शकका लागि प्रतिक्षित हुन्छन । त्यसैले पनि यो गीत सबैका लागि प्रतिक्षामै छ । कि गीत कस्तो बन्नेछ ?

उक्त गीतका केहि तस्विरहरु द सिनेमा टाइम्सलाई प्राप्त भएका छन् । जुन तस्विरमा स्कटल्याण्ड छायाँकनका केहि दृश्य दर्शकले महसुस गर्ने सक्नेछन ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमामा अनमोल र अदितिका अलावा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुति रहेको सिनेमामा भुवन केसी र सुवास गिरीको लगानी छ । सिनेमामा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद छ ।