प्रेमिकाको जन्मदिनमा सलिनमानको प्रेम (फोटोफिचर)

प्रेमिकाको जन्मदिनमा सलिनमानको प्रेम (फोटोफिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु व्वाय सलिनमान बनियाँ पहिलो सिनेमा रिलिज पश्चात थुप्रै मेकर र दर्शकको नजरमा परे । पहिलो सिनेमाबाटै थुप्रै फ्यान फ्लोविङ कमाएका सलिनले दोस्रो सिनेमा खेल्नेबारे कुनै पनि धारणा व्यक्त गरेका छैनन् ।

यसबीच मिडियाले पनि फ्लो गरिरहने सलिनका प्रेम सम्वन्धका केहि गसिपहरु पनि बाहिरिए । तर, प्रेमको बारेमा केहि नबोलेका सलिन प्रेमिका अस्प्रिना श्रेष्ठको जन्मदिनमा विशेष बने । बुझ्नमा आए अनुसार अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् ।

द सिनेमा टाइम्सलाई एक्सक्लुसिभ्ली केहि तस्विरहरु प्राप्त भएका छन् । जुन तस्विरहरु हेरेर उनिहरु गहिरो प्रेममा रहेको महसुस गर्न सकिन्छ ।

‘ए मेरो हजुर २’ पश्चात सलिनलाई थुप्रै सिनेमा मेकरहरुले अफर गरिसकेका छन् । तर, प्राय मेकरको अफर नस्वीकारे सलिनले झरना थापाकै ‘ए मेरो हजुर ३’ खेल्ने सम्भावना रहेको छ । ह्यान्डसम हिरोको रुपमा परिचित सलिनको प्रेमिका सार्वजनिक पश्चात उनका ‘डाईहार्ट’ केटि फ्यानहरुको चित्त दुख्न सक्छ ।