‘लालपुर्जा’मा यस्ता देखिएका छन् सौगात, विपिन र कामेश्वर

‘लालपुर्जा’मा यस्ता देखिएका छन् सौगात, विपिन र कामेश्वर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ ४ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘लालपुर्जा’ प्रतिक्षित छ । कारण, यसमा थ्रियटरका स्टारहरु हावी छन् । सौगात मल्ल, विपिन कार्की र कामेश्वर चौरसियालाई दर्शकले मन पराउने यसअघिका केहि सिनेमाले प्रमाणित गरिसकेका छन् ।

सिनेमा छायाँकनमा जाँदा देखि नै चर्चामा थियो । त्यसैमा पहिलो गीत सार्वजनिक भएपछी यसको हाइप अझ बढेको छ । निगम श्रेष्ठ निर्देशित सिनेमा तिन पात्र भिन्न अवतारमा देखिएका छन् ।

सिनेमाका केहि तस्विरहरु सार्वजनिक भएका छन् जहाँ सिनेमाका मुख्य कलाकारको नयाँ रुप देख्न सकिन्छ । सिनेमामा माथी लिखित तिन पात्रका अलावा मेनुका प्रधान, मिरुना मगर, कमलमणी नेपाल, मिश्री थापा र अनिल पाण्डेको पनि अभिनय छ ।

नेगेटिभ बुद्धको व्यानरमा निर्मित सिनेमामा बिक्रमसिंह थारु/उमेश श्रेष्ठको लगानी, लोकेश बज्राचार्यको सम्पादन र नरेन्द्र मैनालीको छायाँकन छ । १ करोड २० लाख बजेटमा निर्मित सिनेमाको ट्रेलर यसै साता सार्वजनिक हुँदैछ ।