‘म यस्तो गीत गाउँछु’ सफलताको ६५औं दिनमा, १०० दिनमा सक्सेस पार्टी

‘म यस्तो गीत गाउँछु’ सफलताको ६५औं दिनमा, १०० दिनमा सक्सेस पार्टी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० गते प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु’ले प्रदर्शनको ६५ दिन पार गरेको छ ।

अहिले सिनेमा गोपीकृष्ण मुभिज र गुण सिनेमाजमा ६५औं दिनमा प्रदर्शन भैरहेको छ । अष्टनारायण हलमा ५१ दिनसम्म प्रदर्शन भएको सिनेमा दर्शकको मागमा पुन प्रदर्शनमा ल्याइएको छ ।

पल शाह र पूजा शर्मा मुख्य भूमिकामा अभिनित ‘म यस्तो गीत गाउँछु’ यो वर्षको पहिलो सुपरहिट सिनेमा हो । ‘म यस्तो गीत गाउँछु’ देखि फस्टाएको नेपाली सिनेमा बजार ‘जोनी जेन्टलम्यान’ रिलिज हुँदासम्म सुस्ताएको छैन ।

सिनेमा सुपरहिट भएपछी सुदर्शन थापा दंग छन् । ‘१०० दिन पुगे पछी नयाँ सिनेमाको औपचारिक घोषणा गर्दै ‘म यस्तो गीत गाउँछु’को सक्सेस पार्टी आयोजना गर्छौ ।’ निर्देशक थापाले जानकारी दिए ।

सुदर्शनले केहि दिन पहिले आफ्नो जन्मदिनको अवसरमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण/निर्देशन गर्ने घोषणा गरिसकेका छन् । पल र पूजा शर्माकै मुख्य भूमिका रहने गरि अर्को अनटाइटल सिनेमा पनि बनाउने सुदर्शन थापाले जानकारी दिएका थिए ।