‘ए मेरो हजुर २’को बम्पर ओपनिङ, तिन दिनको कलेक्सन कति ?

‘ए मेरो हजुर २’को बम्पर ओपनिङ, तिन दिनको कलेक्सन कति ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | अभिनेत्री झरना थापा निर्देशित सिनेमाले देशभरबाट आक्रामक व्यापार गर्दै  तिन दिनमा  ३ करोड ४३ लाख ४१  हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।

शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको  सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र  राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो  । शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।शनिबारको कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक एक दिने ग्रस हो ।  वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो । 

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार सार्वजनिक विदा परेकोले तेस्रो दिनका अधिकाँस शो हाउसफुल रहे । ईदको विदामा ‘ए मेरो हजुर २’ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिरबाट ५१ लाख २५ हजार गरि टोटल १ करोड ४ लाख ४० हजार कलेक्सन गर्यो ।

मोफसल वितरणक  केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे ।  कतिपय हलको कलेक्सन विश्वास नलागेर दोहोर्‍याएर नै सोध्नुपर्‍यो  तेस्तै ‘काठमाडौं वितरक गोविन्द शाहीले ए मेरो हजुर २’ मा दर्शकचापले गर्दा विदेशी फिल्मलाई समेत ठूलो धक्का लागेको  बताए  अधिकांश हलबाट विदेशी फिल्म उतारेर ‘ए मेरो हजुर २’ लगाइएको छ   शाहीले भने  ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।