‘ए मेरो हजुर २’को बक्सअफिस रेकर्ड, आइतबार पनि विहानैदेखि हलमा दर्शकको चाप !

‘ए मेरो हजुर २’को बक्सअफिस रेकर्ड, आइतबार पनि विहानैदेखि हलमा दर्शकको चाप !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । झरना थापा निर्देशित सिनेमाले बक्सअफिसमा रेकर्ड कायम गरेको छ । शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।

शनिबारको कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक एक दिने ग्रस हो । यसअघि ‘लूट २’ले एकै दिनमा डेढ करोडको कारोबार गरेको थियो । सिनेमा टाइम्सलाई वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो । शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको सिनेमाको दुई दिने टोटल कलेक्सन २ करोड ३९ लाख १ हजार पुगेको छ ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार पनि सार्वजनिक विदा परेकोले विहानीका शो हाउसफुल भैसकेको रिपोर्ट प्राप्त भएको छ । ईदको विदामा ‘ए मेरो हजुर २’ले आक्रामक व्यापारलाई निरन्तरता दिनेछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।

यो पनि पढ्नुस:-

‘ए मेरो हजुर २’ हेर्न ओईरिएका दर्शक (फोटोफिचर)

दर्शकमाँझ बडीगार्डसहित ‘ए मेरो हजुर २’ टिम, देशैभर हाउसफुल

‘ए मेरो हजुर २’को आक्रामक व्यापार, पहिलो दिनको कलेक्सन कति ?