पैसा, शक्ति र महत्वाकांक्षाको वरपर घुमेको ‘महाजात्रा’ टिजर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - पोस्टर र गीतपछि अब 'महाजात्रा' निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । सिनेमाको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । सिनेमाको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ…