२० लाख नगदसहित कार पुरस्कार रहेको ‘नेपाल आइडल’को घोषणा

२० लाख नगदसहित कार पुरस्कार रहेको ‘नेपाल आइडल’को घोषणा

द सिनेमा टाइम्स
0
Shares

विश्वका ५४ मुलुकमा सम्बन्धित देशको नाममा संचालन भइरहेको ‘आइडल’ सागीतिक कार्यक्रम नेपालमा ‘नेपाल आइडल’को नामले संचालन हुने भएको छ।

आइतबार एक कार्यक्रम गर्दै अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले यसको ओपचारिक घोषणा गरेको हो। नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘नेपाल आइडल’ का विजेताले महिन्द्रा केयुभी वान ओ कार सहित २० लाख रुपैयाँ र १५ लाख बराबरको भिडियो एल्बमको करार प्राप्त गर्नेछन् ।

कार्यक्रम एपि वान १ टिभीबाट प्रसारण हुनेछ। कार्यक्रमलाई ‘आइडल’को फ्रान्चाइज नियम तथा मापदण्ड अनुसार हुने दाबी आयोजकको छ।
त्यसैगरी कार्यक्रममा नेपालमा भने अनुसारको स्टुडियो नभएकाले आयोजकले काठमाडौंको बुद्धनगरमा ‘आइडल’को मापदण्ड अनुसारको स्टुडियो निर्माण भइरहेको जानकारी पनि दिइएको थियो।

कार्यक्रममा बोल्दै निर्देशक लक्ष्मण पौड्यालले नेपालगञ्ज, बुटवल, नारायणगढ, वीरगञ्ज, विराटनगर, पोखरा र काठमाण्डौंमा अडिसनबाट सहभागीको टुङ्गो लगाइने बताए। अडिसनमा सहभागी हुने प्रतियोगीको उमेर १६ देखि ३० वर्षसम्मको हुनु अनिवार्य छ।

‘नेपाल आइडल’ मा न्यूहूँ बज्राचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा मुख्य निर्णायकको रुपमा रहेका छन्।