‘सुनकेसरी’लाई ७ प्रश्न !

‘सुनकेसरी’लाई ७ प्रश्न !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जेठ ११ गते रिलिज हुन लागेको सिनेमा ‘सुनकेसरी’ प्रदर्शनको केहि दिन मात्र टाढा छ । अभिनेत्री ऋचा शर्माले पहिलो पटक हरर जानरामा निर्माण गरेको सिनेमा अहिले चर्चामा पनि छ । सम्भवत: हरर जानरामा निर्माण भएका नेपाली सिनेमा मध्ये ‘सुनकेसरी’ सर्वाधिक चर्चामा छ ।

अर्पण थापा निर्देशित सिनेमामा ऋचाले नै शिर्ष भूमिका निर्वाह गरेकी छन् । द सिनेमा टाइम्सले ‘सुनकेसरी’लाई ७ प्रश्न गरेको छ । जसको उत्तर उनले यस्तो दिइन ।

१) ‘सुनकेसरी’ किन हेर्नु पर्छ ?

पहिलो कारण नेपाली हरर सिनेमा हो । दोस्रो कारण अहिलेसम्म नेपालमा बनेका हरर सिनेमा भन्दा भिन्न छ । तेस्रो कारण दर्शकहरुको लागि हेर्नलाई बनाएको भनेपछि त हेर्ने पर्यो नि होइन त ?

२) बलिउड र हलिउड सिनेमाबाट प्रभावित छ की छैन ?

मेकिङ र क्वालिटीमा प्रभावित छ । हामीले अन्तर्राष्टिय लेभलको बनाउन हलिउड र बलिउडबाट इन्स्पायर भएर बनाएका छौ । तर, कथामा छैन ।

३) २ करोड बजेटको हरर सिनेमाको नेपालमा कस्तो बजार देख्नु भएको छ ?

अहिले कमेडीले बजार खाएको छ । हररको बजार सानो भएपनि विदेशी सिनेमाले ७-८ ओटा स्क्रिंसबाटै लगानी उठाएका उदाहरण पनि छन् । त्यसैमा अहिले नेपाली सिनेमाको बजार विदेशमा राम्रो छ । त्यसैले त्यति डराउनु पर्ने अवस्था छैन ।
४) ऋचाको करियरमा ‘सुनकेसरी’ले कस्तो प्रभाव जमाउला ?

मेरो अभिनय करियरका लागि विशेष नै छ । त्यसैमा त्यो त दर्शकहरुले मुल्यांकन गर्ने कुरा हो । निर्माताको रुपमा भन्नु पर्दा यो मेरो लागि गर्व गर्न लायक छ । हामीले नयाँ टेक्नोलोजी प्रयोग गरेर एउटा स्तरीय सिनेमा बनाएका छौ । भोलिको रिजल्ट जे सुकै आओस, तर मेरो लागि ‘सुनकेसरी’ स्पेसल र रहिरहने छ ।

५) विदेशमा छायाँकन भएको सिनेमाको पृष्ठभुमि के हो ?

अस्ट्रेलियामा बस्ने नेपालीको पत्यारिलो कथा छ । ‘सुनकेसरी’ले लाइफमा केहि चोट पाएको छ र त्यो चोट पाइसकेपछिको यात्रा एउटा महलमा गएर टुंगिन्छ । यो भन्दा धेरै नखुलाउ होला ।

६) के कारणले हरर सिनेमा निर्माणमा होमिनु भयो ?

हेरुम ‘सुन केसरी ‘ हरर सिनेमाको लागि एउटा एक्सपेरिमेन्ट पनि हुनेछ । नेपालमा विदेशी हरर सिनेमाले राम्रै प्रभाव जमाइरहेका बेलामा नेपाली सिनेमालाई कस्तो साथ मिल्छ भन्ने कुरा पनि छ । दर्शकलाई नयाँ स्वाद चखाउन पनि आवश्यक ठानेर ।

७) अन्तमा ?

दर्शकका लागि ‘सुनकेसरी’ लिएर आएका छौ । दुख गरेका छौ । अब दर्शक प्रतिक्रियाको लागि आतुर छौ । एक पटक हेरीदिनु होला ।

तस्विर: ऋचा शर्माको फेसबुक प्रोफाइलबाट